८ कार्तिक २०८१, बिहिबार 1729829108
Banner

भव्यरूपमा मनाइयो छठ

काठमाडौ । ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठपर्व मनाइएको छ । नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पूजाका लागि साँझ पूजास्थल पुग्नुभएको थियो । उहाँले छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो स्थानमा छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले जानकारी दिनुभयो । कुपण्डोल पुलबाट पश्चिमतर्फका वाग्मती नदी किनारमा छठ पूजा गर्दै आइएको सो समितिले जनाएको छ । पूजास्थलमा तीर्थालुको घुइँचो थियो । पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठपर्वको रौनक बढ्दै गएको छ । तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठपर्व मान्ने चलन विस्तार भइरहेको छ । छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिन्छ । राजधानीका अन्य स्थानमा पनि छठ पूजा गरिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।

?? ?????? ??? ?????? ???? ????????–?? ????? ?????? ???? ?????? ???????? ????? ????????? ???????? ?????? ????? ???????? ??????? ???? ????? / ????

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । छठपर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ । ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठपर्व मनाइएको छ । नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पूजाका लागि साँझ पूजास्थल पुग्नुभएको थियो । उहाँले छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको थियो । यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो स्थानमा छठीमाताको दर्शन तथा पूजाअर्चना गर्नुभएको छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले जानकारी दिनुभयो । कुपण्डोल पुलबाट पश्चिमतर्फका वाग्मती नदी किनारमा छठ पूजा गर्दै आइएको सो समितिले जनाएको छ । पूजास्थलमा तीर्थालुको घुइँचो थियो । पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठपर्वको रौनक बढ्दै गएको छ । तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठपर्व मान्ने चलन विस्तार भइरहेको छ ।

?? ?????? ?????? ?????? ?????? ???????? ???????????? ????? ?????????? ???????? ???? ????? ??????? ? ??????? ???? ??????? / ????

छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिन्छ । राजधानीका अन्य स्थानमा पनि छठ पूजा गरिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । छठपर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।