९ भदौ २०८३, मंगलबार 1787676518
Banner

अहिलेको असन्तुष्टि व्यवस्थाप्रति नभई प्रक्रिया र शैलीमाथि हो : उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नभई प्रक्रिया र शैलीमाथि प्रश्न उठेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रश्न हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो काम गर्ने प्रक्रियामा, शैलीमा, सुशासनको सन्दर्भमा हामीले गर्नुपर्ने समयले माग गरेअनुसारको राज्य सञ्चालनमा सबै तहका प्रदेश, संघ, स्थानीय सरकार सञ्चलनका क्रममा सुशासनको, जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । अहिले भएका गतिविधिले हामीलाई त्यसतर्फ बढी केन्द्रित गराउन प्रेरित गरेको छ ।’

उनले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे ।