२८ भदौ २०८३, आइतबार 1789338286
Banner

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएका थिए।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएका टोलीले उहाँलाई मङ्गलबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।