२७ भदौ २०८३, शनिबार 1789240213
Banner

घाँसीकुवामा बस दुर्घटना ३६ जना घाइते

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको उपचार ​दमौली अस्पताल र रत्नहरि अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।