काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ आजदेखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा मेला सुरु हुन लागेको हो । मेलामा २ सय १० वटा स्टलमार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने महासंघले जनाएको छ ।
महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८र८ वटा स्टल रहने छन् । मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच कृषि, जडीबूटी, औषधि, हस्तकलाका वस्तुका विषयमा वृहत छलफल हुनेछ ।