२१ भदौ २०८३, आइतबार 1788723938
समाचार

अवैध खोला दोहन गरिरहेको अवस्थामा दुई स्काभेटरसहित चालक पक्राउ

सिरहा- वनक्षेत्रमा पर्ने खोलामा अवैध रुपमा उत्खनन् गरिरहेका बेला सिरहा डिभिजन वन कार्यालय र सव-डिभिजन कार्यालयको संयुक्त गस्ती टोलीले दुईवटा स्काभेटरसहित चालकलाई पक्राउ गरेको छ ।

नियम विपरीत खोलाको प्राकृतिक बहाव नै परिवर्तन हुनेगरी लहान न.पा. वडा न. १५ को वनक्षेत्रमा पर्ने खुट्टी खोलामा अवैध रुपमा स्काभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरिरहेको अवस्थामा उनिहरुलाई प्रकाउ गरिएको हो ।

स्काभेटर अपरेटर (चालक) जिल्ला सप्तरी, सुरुङ्गा-१ का अजय चौधरी र कर्जन्हा-२ का विन्देश्वर कुमार महतोलाई गस्ती टोलीले घटनास्थलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई अनुसन्धानको लागि डिभिजन वन कार्यालय सिराहा, लहानमा पेश गरिएको सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिनुभयो ।