१० मंसिर २०८१, सोमबार 1732529403
Banner

शरणार्थी प्रकरणमा यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु

काठमाडौं – उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।