२८ जेष्ठ २०८३, बिहिबार 1781169634
Banner

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुबईमा भेटवार्ता भएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईमा उनीहरूले साइडलाइन बैठक गरेका हुन्। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन दुवै मुलुकका प्रधानमन्त्री यतिखेर दुबईमा छन्।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए। भेटमा दुई पक्षीय हितका बारेमा समेत छलफल भएको छ।