काठमाडौं- समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन आज नेकपा एमालेको यात्रा टोलीले सबैभन्दा लामो दुरी पार गर्दैछ । आज सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी पार गर्नुपर्नेछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परेपनि कार्यक्रमहरु भब्य भएका छन् । जनसहभागिता उल्लेख्य मात्रा जुटेको छ । आजको यात्रा अहिले बिहान ८ बजे सुरु हुने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम छ ।
यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले आज भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार ,छेडे बजार,सेरी गाउँ,मुसिकोट लगायतका ठाउँमा स्थानी नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भेटघाट गर्नुहुनेछ । भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल गरिने तयारी छ ।