१६ श्रावण २०८३, शनिबार 1785572568
Banner

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हृदयाघात

काठमाडौं :  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  हृदयाघात भएको छ। श्रेष्ठ  छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्। 

उनको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो।  यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो। 

उनको स्वास्थ स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ।