काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराइका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।