९ भदौ २०८३, मंगलबार 1787675350
Banner

यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।

यूएईमा जारी प्रतियोगितामा नेपालले दिएको ५३ रनको सामन्य लक्ष्य भारतले ७।१ ओभरमा विना क्षति भेट्टायो। भारतका अर्सिन अतुल कुलकर्नी ४३ र आदर्श सिंह १३ रनमा अविजित रहे।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा जम्मा ५२ रनमा अलआउट भएको थियो । यू–१९ मा नेपालको यो सबैभन्दा न्यून स्कोर हो ।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । ​नेपालका हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए ।