९ भदौ २०८३, मंगलबार 1787671937
Banner

भावनामा नबग्नुस्, आउनुस् सँगै बसेर समस्या समाधान गरौं : अध्यक्ष ओली

ओखलढुंगा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार साम्प्रदायिकता भड्काउन लागिपरेको आरोप लगाएका छन्। झुलाघाट चिवाभञ्ज्याङ अभियानका क्रममा ओखलढुंगाको हर्कपुरमा सम्बोधन गर्दै उनले सरकार सामाजिक सद्भाव बिगार्न लागिपरेको बताए। एमालेको अभियान रोक्न पहिचान पक्षधरका नाममा गठबन्धन दलका नेताहरू नै लागिपरेको उनको भनाइ छ।

पहिचान पक्षधरलाई भावनामा नबग्न उनले आग्रह गरे। सद्भाव कायम गरेर राष्ट्रिय एकता कायम गरेरमात्र देश बनाउन सकिने उनको भनाइ छ। राजनीतिक मतभेद् हुन सक्छन्, ती हल गर्ने संवैधानिक बाटाहरू छन्। सँगै बसेर छलफल गरेर समाधान निकाल्न सकिन्छ, उचालिएर भावनामा नबग्नुस्,ु उनले भन।

संवैधानिक बाटाहरू प्रयोग गरेर सबैखाले मतभेद्हरू हल गर्न सकिने उनले बताए। पिहचान पक्षधरको निषेधको राजनीतिप्रति कटाक्ष गर्दै उनले सरकार साम्प्रदायिकता भड्काउनेहरूलाई प्रोत्साहन गर्न लागेको र त्यही आडमा केही अराजक गतिविधि भइरहेको बताए।