२८ भदौ २०८३, आइतबार 1789292076
अर्थ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले छैटौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ।

२९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देश्भारबाट १५ सय बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुनेछन्। सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरु सहभागी हुने महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो। महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनीहरु आवद्ध छन्। यो महाधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ। महासंघको महाधिवेशनले तीन वर्षको कार्यकालको लागि नयाँ नेतृत्व सहित पदाधिकारीहरु चयन गर्ने छ।