३० बैशाख २०८३, बुधबार 1778732950
राजनीति

कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। शुक्रबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले आयोगमा दल दर्ता गराएको हो। कार्यसम्पादन समितिको बैठकले दल दर्ता गर्ने निर्णय गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले आयोग पुगेर दल दर्ता गराएका हुन्।

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आज शुक्रबारसम्म दल दर्ताको समय दिएको छ। यसअघि आयोगले मंसिर २२ गते सूचना जारी गर्दै राजनीतिक दलहरूलाई मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताको समय दिएको थियो। राष्ट्रियसभा निर्वाचन माघ ९ गते हुँदैछ। रिक्त १९ सिटका लागि निर्वाचन हुन लागेको हो।