आठराई -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जन्मघर आठराई इवामा पुग्नु भएको छ ।
आठराई गाउापालिका ४ भदौरे स्थित ढुंगा माटो र फुसको छानो भएको घरमा अध्यक्ष ओलीले मध्यपहाडी यात्रामा रहनु भएका एमाले नेताहरुलाई स्वागत गर्नुभएको छ । अधयक्ष ओलीले फेसबुकमा यात्राको क्रममा आफ्नै घरमा आइपुगेको र यात्री साथीहरुलाई स्वागत गरेको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ , म जन्मगाउँ पुग्दा आफ्ना बालसखाहरुसँग पनि भेट भयो। जन्मगाउँ छोडेर बाहिरिएका बाल्यकालका साथीसँग पनि भिडियो कल गरें। अहिले गाउँमा सडक, सञ्चार, शिक्षा, स्वास्थ्योपचार लगायत सुविधा बढिरहेको छ । गाउँमा सुविधा र अवसर बढ्ने तर गाउँ छोड्ने क्रम पनि बढ्ने हुँदै छ । अब यस्तो समस्याको समाधान खोज्नु पर्छ। ’