२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 2:47 pm
पालिका

चाँंगुनारायण नगरपालिका आफ्नै सुविधा सम्पन्न भवनमा सरयो

सूचना प्रेस २०८० मंसिर २९ शुक्रबार ००:००, १८:५१ बजे १ मिनेट पढाइ

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका आफनै सुविधा सम्पन्न भवनमा सरेको छ । कार्यालय भबनको शुक्रबार एक भव्य समारोहवीच नगर प्रमुख जीवन खत्रीले उदघाटन गर्नुभयो ।

चाँंगुनारायण नगरपालिकाको वडा नं ५ छालिंग घुमाउने खरिपाटीमा भबन तयार भएको हो । भबन नगरकोट जाने रोड छेउमै रहेको छ । यो ठाउँं भक्तपुरको खरिपाटी नजिकै छ ।

२१ रोपनी तीन आनामा भवन बनेको हो । नगरपालिकाको भबन कुल ३२ करोड ७३ लाखमा बनेको बताइएको छ । भबन बनाउन जिल्ला समन्वय समिति भक्तपुरबाट र अन्य रकम नगरपालिकाकै रहेको बताईएको छ । भबन उदघाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्षलगायतका अन्य सरोकारबाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।