२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 1:03 pm
अर्थ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा

सूचना प्रेस २०८० मंसिर २९ शुक्रबार ००:००, १९:५२ बजे १ मिनेट पढाइ

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । त्यस्तै बैंकले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पनि नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

बैंकले रामबजार, पकाडि, सुरुङ्गा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ
एटीएम सञ्चालनमा ल्याएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएम, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।