२८ भदौ २०८३, आइतबार 1789340388
Banner

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आज साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको छ भने अर्को ट्याक्टर सडकको भित्तामा दुर्घटना ग्रस्त भएको छ।

सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ। उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।