२८ भदौ २०८३, आइतबार 1789338719
Banner

एकीकृत समाजवादीको सचिवालय बैठक बस्र्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सोमबार शुरु हुँदै छ। बैठकपार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दुई दिनसम्म चल्नेछ।

राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्नेलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गर्ने र विभिन्न राजनीतिक दल, संघसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ। ​सुशासन, जनजीविका र समसामयिक राजनीतिक विषयमा छलफल हुने खतिवडाले बताए। ​

यसअघि मंसिर २८ र २९ गतेका लागि तय भएको सोमबार र मंगलबार बस्न लागेको हो।