२६ जेष्ठ २०८३, मंगलबार 1781070295
Banner

पर्यटनमन्त्री किराँतीलाई बर्खास्त गर्न कमल थापाको माग

​​​​​​​काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती बर्खास्त गर्न माग गर्नुभएको छ ।

एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति दिएपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत बर्खास्तको माग गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ- ”क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।”

अध्यक्ष थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानुन अनुसार कारबाही गर्न पनि माग गर्नुभएको छ  ।

बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ,भन्नुभएको थियो ।