काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा गोली प्रहार गरी १५ जनाको हत्या गरिएको छ । प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट १५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
एक जना बन्दुकधारीले गोली प्रहार गरी १५ जनाको हत्या गरेका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मानविकी संकाय (आर्टस् फ्याकल्टी)को एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएका थिए । गोलीकाण्डमा बन्दुकधारीको पनि मृत्यु भएको समाचारमा उल्लेख छ । गोली प्रहारबाट २४ जना घाइते भएका छन् ।
चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो ।