२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:11 pm
Banner

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सूचना प्रेस २०८० पुस ६ शुक्रबार ००:००, ०८:१८ बजे १ मिनेट पढाइ

काठमाडौं . मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बागमती गाउँपालिका–८ साततलेमा बिहीबार बेलुकी बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पाख्रिन गम्भीर घाइते भएका थिए।