काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले बालबालिका देशका भविष्य भएको उल्लेख गर्नुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभएको छ,’भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन्। शुभ बिहानी !’