२७ जेष्ठ २०८३, बुधबार 1781123305
Banner

सिन्धुली दुर्घटना अपडेट : दुई जनाको मृत्यु

काठमाडौं : सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत खुलेको छ।

आज बिहान सुनकोसी गाउँपालिका–३ बोहोरेटारस्थित विपि राजमार्गमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र मोटरसाइकल पछाडि सवार सोही नगरपालिका १० की १८ वर्षीया मुनाकला राई भएको जिल्लन प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवि दाहालले जानकारी दिए।

बागमती प्रदेश ०१००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको हो। बसका चालक रामेछाप मन्थलीका रुपेश अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।