२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:54 pm
Banner

एउटै रुखमा झुण्डिएर आमा छोराको मृत्यु

सूचना प्रेस २०८० पुस ९ सोमबार ००:००, १२:१२ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्यूठानमा आमा छोरा मृत फेला परेका छन् । झिमरुक गाउँपालिका ३ पिपलारुख भन्ने स्थानमा आमाछोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

३८ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का काफलको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतकका श्रीमान मजदुरीका लागि भारत गएका छन् । घटनास्थलमा पुगी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।