८ मंसिर २०८१, शनिबार 1732405418
Banner

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको ठहर बैठकले गरेको उनले बताए ।

श्रेष्ठले भने, ‘अहिले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध कतिपय शक्तिहरू लागेका छन् । सरकारले तिनीहरूलाई निस्तेज पनि गर्दै आएको छ । फेरि पनि अहिले जे जति उपलब्धि हासिल भएका छन्, त्यसलाई संरक्षण गर्दै थप उपलब्धि प्राप्तिको लागि प्रयासरत रहनुपर्छ ।’ संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको पनि नेता श्रेष्ठको भनाइ छ ।