३१ बैशाख २०८३, बिहिबार 1778760964
Banner

गठबन्धन सरकार लाचार छ, काम गर्ने दक्षता छैन: महेश बस्नेत

काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले सरकारबाट हटेपछि विकास निर्माणका अधिकांश योजना अलपत्र परेको बताउनुभएको छ।

बुधबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुको घ्याम्पेडाँडा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गर्दै बस्नेतले एमाले सरकारले सुरु गरेका सबै योजनाको सरकारले बजेट कटौती गरेको बताउनुभयो ।

सरकार परिवर्तन भएका कारण भइरहेका योजनाको काममा पनि ढिलाइ भएको भन्दै उहाँले आलोचना गर्नुभयो। नेता बस्नेतले भन्नुभयो, ‘यो सरकार लाचार छ, यसको काम गर्ने दक्षता छैन, सरकाले योजना कार्यान्वयन गर्न सकेको छैन, निर्माण व्यवसायीलाई काम गरेको रकम भुक्तानी गर्न सकेको छैन।’

विकास, समृद्धि, राष्ट्रिय एकता, जनता बीच सद्भाव, धार्मिक सहिष्णुता नेकपा एमालेको संकल्प भएको बस्नेतले बताउनुभयो । नेकपा एमाले यो संकल्पका साथ अघि बढेकोले चुनावको हार जितले पार्टीलाई कुनै असर नपर्ने बस्नेतले बताउनुभयो । एमालेले बोकेको संकल्प, विचार र कार्यक्रम सही भएकोले कुनै बेला हारे पनि एमालेको जीत सुनिश्चित भएको बस्नेतले दाबी गर्नुभयो ।

एमाले विरुद्ध फिँजाएको भ्रम अब चिरिसकिएकोले कसैले भ्रम फिँजाउन आउने आँट नगर्ने उहाँले बताउनुभयो। यदि फेरी पनि कोही आए भने उनीहरूलाई सम्झाएर पठाउन उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो।