८ मंसिर २०८१, शनिबार 1732426428
Banner

सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन पाटन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

सिपबिल्डिङमा फेल भएका करिब ३० हजार मध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए भने अब सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउने छ ।

ईपीएस शाखले नै उद्धा हलेका १८ जनाको मात्रै आवेदन दिन पाउने भनेको थियो । अब भने सबैले भाषा परीक्षामा भाग लिन पाउने छन् ।

आज परीक्षा फर्म भर्न नपाएकाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको थियो भने प्रहरीको गोलीलागि दुइजना युवाको मृत्यु् भएको छ ।