२७ भदौ २०८३, शनिबार 1789240532
Banner

युक्रेनमा अहिले सम्मकै ठूलो आक्रमण, ३० जना मारिए

एजेन्सी । रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए। आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् भने १६० जनाभन्दा बढी घाइते भएका छन्। मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ।