काठमाडौं । संघीयतालाई बलियो बनाउन संविधान कार्यान्वयन गर्न माग गर्दै मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। ६ प्रदेशका मुख्यमन्त्रीहरूले आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीनै तहको सरकारलाई प्रभावकारी बनाउन दबाब दिएका हुन्।
संघियता कार्यान्यन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको ९ बुँदे साझा पत्र बोकेर काठमाडौं आएका ६ जना मुख्यमन्त्रीले साझा पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन्।
९ बुँदे साझा पत्र कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम गर्ने सातै प्रदेशका मुख्यमन्त्रीले चेतावनी दिएका छन्। उनीहरुले पोखरामा बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै बैठकले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन्।