काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धिविक्रम शाह हेडक्वार्टर तानिने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षा निकायका प्रमुखबीच शनिवार बिहान भएको छलफलपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको हो । उनलाई शनिवार साँझसम्म हेडक्वार्टर तान्ने तयारी भएको स्रोतको दाबी छ ।
शुक्रवार ईपीएसको परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका भौतिक पूर्वाधार योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको थियो ।
प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो । विदेश जानका लागि परीक्षा दिन पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि बर्बर दमन र हत्या भएपछि यसको चौतर्फी विरोध भइरहेको छ । बढ्दो विरोधलाई मथ्थर पार्न सरकारले तत्काललाई एसएसपी सरुवा गर्न लागेको हो ।