१० भदौ २०८३, बुधबार 1787763585
Banner

बालकुमारी घटना: गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाको हस्ताक्षर संकलन अभियान

मकवानपुर-ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हस्ताक्षर संकलन अभियान चलाएको छ।

शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परीक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोली लागेर दुईजना युवाको मृत्यु भएको थियो । घटनाको विरोध गर्दै रास्वपा मकवानपुरले हेटौंडास्थित पार्टी कार्यालय परिसरमा हस्ताक्षर संकलन अभियानको सुरुवात गरेको हो ।

मृतक दुई युवाको न्यायमा समर्थन जनाउँदै सरकारलाई दवाव दिन साथै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हस्ताक्षर संकलन गरिएको जिल्ला पार्टी साभापति भरत पराजुलीले बताउनु भयो । सोमबार सम्म चल्ने अभियानमा हालसम्म ४ हजार हस्ताक्षर संकलन भइसकेको र ३० हजार हस्ताक्षर संकलन गर्ने उद्देश्य रहेको पराजुलीले बताउनु भयो।

संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइने उहाँले बताउनु भयो। पार्टीले शनिबार सोही घटनाको विरोधमा हेटौंडाको बुद्ध चोकमा विरोध र्‍याली निकालेको थियो ।