३१ बैशाख २०८३, बिहिबार 1778771080
Banner

गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको विरोध प्रदर्शन

काठमाडौं-ललितपुरकाे बालकुमारीमा दुई युवाकाे ज्यान गएकाे घटनाको विरोधमा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले प्रर्दशन गरेको छ ।

युवा संघले आइतबार प्रदर्शन गरेकाे हाे । युवा संघले शान्ति सुरक्षा कायम गर्न नसकेकाे भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे राजीनामा मागेकाे छ।

उनीहरु प्रधानमन्त्रीज्यू रोजगारी माग्ने युवालाई तातो गोली, युवाहरु सडकमा मरेको, सरकार भ्रष्टाचारमा सडेको, राज्यको ज्यादती बन्द गर, युवा मार्ने गृहमन्त्रीको राजीनामा खोई भन्दै प्रश्न गरेका छन् ।

प्रदर्शनमा सहभागी युवा संघका नेता-कार्यकर्ताले नालायक सरकार चाहिँदैन युवा मार्न पाइँदैन, राज्य आतंक बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, राेजगारीकाे हक ग्यारेन्टी गर, शान्ति सुरक्षा कायम गर लगायत नारा लगाएका थिए ।

शुक्रबार कोरियन भाषा परीक्षा (ईपीएस) परीक्षाकाे विषयमा भएकाे प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामकाे चौरपाटी-१ सिउडीका वीरेन्द्र शाहको ज्यान गएकाे थियाे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।