२६ जेष्ठ २०८३, मंगलबार 1781058720
Banner

पाँच दलिय गठवन्धनसंग न देश बनाउने भिजन छ न कुनै गन्तव्य : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनसँग कुनै भिजन नै नभएको दाबी गर्नुभएको छ। मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा भूकम्पले थिलथिलो बनाएको देशको अवस्थालाई एमालेले उठाएको उल्लेख गर्दै पाँच दलीय गठबन्धनको सरकारसँग देश बनाउने कुनै भिजन नभएको अडान दोहोरयाउनुभयो ।

‘नेकपा एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो। जनताका मुर्झाएका सपनालाई जगायो। विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो। स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू–भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्‍यो‚’ महासचिव पोखरेलले लेख्नुभएको छ‚ ‘तर‚ मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसायो। तर पनि स्वर उनिहरूकै ठूलो छ गठबन्धन गरेर एमालेलाई हराउँछौं। कस्तो विडम्बना– पाँच दलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ न त कुनै गन्तव्य र लक्ष नै।’