१६ मंसिर २०८१, आइतबार 1733104399
Banner

पाँच दलीय गठबन्धनले संयुक्त अपिल जारी गर्न सकेन, तालमेलको घोषणा भोलि गर्ने

काठमाडौं– पाँच दलीय गठबन्धनले आगामी चुनावमा तालमेलको ठोस खाका सार्वजनिक गर्न सकेन । यसअघि गठबन्धनमा आबद्ध दलहरू बीचमा स्थानीय तह निर्वाचनका लागि सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि संयुक्त अपिल जारी गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले तालमेलको ठोस खाका मात्रै तय गरेको बुझिएको छ ।

गठबन्धनमा आबद्ध पाँच दलका शीर्षस्थ नेताबीच भएको बैठकले आगामी वैशाख ३० गते हुने चुनावमा देशभर गठबन्धन गर्ने र चुनावी तालमेलको मोडालिटीको बारेमा भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।