१० मंसिर २०८१, सोमबार 1732532304
Banner

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाडौं-नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।

बिहीवार विदेशमन्त्री एस जयशंकर र एमाले अध्यक्ष ओलीबीच होटेल द्वारिकाजमा भेट भएको हो। भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको ओलीको सचिवालयले जनायो।

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकका लागि जयशंकर बिहीवार काठमाडौँ आउनु भएको थियो ।

काठमाडौँ ओर्लेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेपछि आयोगको बैठकमा भारतको प्रतिनिधित्व गर्नु भएको थियो ।