२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 7:39 pm
Banner

एमाले सचिवालय बैठक आज बस्दै, राष्ट्रियसभा उम्मेदवारको चयन गर्ने

सूचना प्रेस २०८० पुस २० शुक्रबार ००:००, ०७:२३ बजे १ मिनेट पढाइ

काठमाडौँ–नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । 

बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनभयो । 

यसअघि पार्टीअध्यक्ष केपी शर्मा ओलीले हिजो  प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गर्नुभएको थियो ।