काठमाडौँ–हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बमजनको बुढानीलकण्ठस्थित घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बुढानीलकण्ठस्थित बमजनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको हो ।
यस्तै केही मात्रामा विदेशी मुद्रा र १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको सीआईबीले जनाएको छ । लिटिल बुद्ध उपनामले परिचित बमजन हिजो साँझ पक्राउ परेका थिए । बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।