३१ बैशाख २०८३, बिहिबार 1778791866
Banner

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।

तपस्वीको भेषमा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले १७ देशका अवैध मुद्रा बरामद गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार साँझ पक्राउ गरेको बमजनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको हो।

बमजनको घरबाट बरामद गरिएको १७ देशका अवैध मुद्रा र तीन करोड चौतीस लाख नेपाली रूपैयाँ बुधबार ब्युरोले सार्वजनिक गरेको हो।

पक्राउ परेका बमजनलाई आजै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। बम्बजनविरूद्ध बाल यौन दूराचारको जाहेरी परेको छ।उनी सोही अभियोगमा फरार रहेको र प्रहरीले पक्राउ गरेको ब्युरोले जनाएको छ।