१४ श्रावण २०८३, बिहिबार 1785406111
Banner

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यसका साथै, आर्थिक तथा प्रशासनिक नियमावली, विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्ताव तयारी, अन्य काम तथा महाधिवेशनमा सहयोग गर्ने जिम्मेवारी दिइने बताए ।

बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने छ ।