काठमाडौँ– मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । प्रदेश २ बाट मधेश प्रदेश नामकरण भएको दिनको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको हो ।
२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
यस्तै, बैठकले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त दिन वीरगञ्जमा कार्यक्रम गरी मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने बताइएको छ ।