२८ भदौ २०८३, आइतबार 1789335405
Banner

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामबारहीबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री दाहालको युगाण्डा भ्रमणका एजेण्डाका विषयमा छलफल भइरहेको सचिवालयको भनाइ छ। प्रधानमन्त्री दाहाल भोलि विहान युगाण्डा भ्रमणमा जाँदैछन्। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।