८ मंसिर २०८१, शनिबार 1732403334
Banner

विश्वविद्यालय आविष्कार र अनुसन्धानका केन्द्र बन्नुपर्छ: अध्यक्ष ओली

सुर्खेत-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताउनु भएको छ।

आज सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गर्नु भएको हो। 

अध्यक्ष ओलीले शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या बन्दै गइरहेको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने शिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिन सुझाव दिनुभयो ।

नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलका लागि विश्वविद्यालय तहमा अध्ययन, अनुसन्धान जरुरी रहेको उहाँको भनाई थियो ।

आजै अध्यक्ष ओलीले विश्वविद्यालयको डिजिटलाइजेशन एन्ड अटोमेशन सिस्टम र कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ। साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रम समेत राखिएको विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिनुभयो।