९ मंसिर २०८१, आइतबार 1732450774
Banner

१५ लाख घुससहित पक्राउ परेका बनेपा–९ का वडाध्यक्ष निलम्बित

बनेपा । घुस सहित पक्राउ परेका बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष बादेलाई निलम्बन गर्न बनेपा नगरपालिकालाई पत्र पठाएको छ ।

अख्तियारले पत्र पठाएसँगै नगरपालिकाले कार्यबाहक वडा अध्यक्ष तोक्ने प्रकृया सुरु गरेको छ । कार्यवाहक वडा अध्यक्ष तोक्ने सम्बन्धमा छलफल गर्न आज विहान ९ बजे बैठक बस्दै छ ।

बादे नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट प्यानल नै विजयी भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई १५ लाख घुससहित नियन्त्रणमा लिएको थियो ।

गत वुधवार माघ ३ गते राती ८ बजे घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर चोक बर्गर हाउस अगाडीबाट अख्तियारले नियन्त्रणमा लिएको थियो ।