काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।
सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला गएका थिए ।