१ जेष्ठ २०८३, शुक्रबार 1778840659
Banner

एमाले नेता वसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं-प्रतिनिधिसभा सांसद एवं नेकपा एमालेका नेता बसन्त नेम्वाङ अकस्मात बिरामी हुनुभएको छ।

नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुग्नु भएको थियो। उहाँ नेकपा (एमाले) को ताप्लेजुङ इन्चार्ज हुन्।

एमाले ताप्लेजुङ जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका नेम्वाङ बिरामी भएपछि जिल्ला अस्पताल लगिएको छ।

थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको स्वकीय सचिव गणेश योङहाङले बताउनु भयो। सचिवालय बैठकमा खाना खानेक्रममा मोबाइल झरेर टिप्न लाग्दा उहाँलाई एक्कासी समस्या भएको थियो ।

उहाँले भन्न, ‘उहाँ जिल्ला कमिटी ताप्लेजुङको सचिवालय जानुभएको थियो । बिहान फिदिमबाट गएपछि प्रेसर बढेर जिल्ला अस्पताल ताप्लेजुङमा हुनुहुन्छ, हेलिकोप्टर लिन जाँदैछ । अवस्था ठीकै छ तर अस्पतालमा डाक्टरको निगरानीमा राख्न ठीक हुन्छ भनेर हेलि पठाइएको हो ।’