काठमाडौं- संघीय संसदको आजको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ ।
अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति,सरकारले गरेको अनियमितता,भ्रष्टाचार,ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी छ ।