२७ भदौ २०८३, शनिबार 1789241753
Banner

रौतहटमा एमाले अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत

रौतहट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ।

एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा आइपुग्नु भएका उहाँको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाएर स्वागत गरेको हो।

एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन आज नै अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने छ।

१० औँ जिल्ला अधिवेशन यही माघ २५ र २६ गते गरुडामा हुँदैछ। अधिवेशनले रौतहटमा नयाँ कार्यसमिति चयन गर्नेछ।