२८ भदौ २०८३, आइतबार 1789339914
Banner

शाली नदीमा एमाले अध्यक्ष ओलीको विशेष पूजा

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंको साँखुस्थित शाली नदी पुग्नुभएको छ।

स्वास्थानी मेला लागिरहेको अवसर पारेर अध्यक्ष ओली शाली नदी पुग्नुभएको हो। त्यहाँ पुगेर उहाँले माधवनारायण मन्दिरमा पूजा समेत गर्नुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। 

स्वस्थानी ब्रत कथा आरम्भ भएसँगै शाली नदीमा हरेक वर्ष मेला र धार्मिक महोत्सव लाग्ने गर्छ। एक महीनासम्म चल्ने  स्वस्थानी व्रत पूजा माघ शुक्ल पूर्णिमामा सम्पन्न हुनेछ। यो व्रतमा बिहान माघ स्नान गरी महादेवको पूजा गर्ने र स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

शाली नदीमा स्वस्थानी व्रतका बेला विशेष पूजा र घुइँचो हुने गर्छ।